नेपालमा मनसुन प्रवेशसँगै भारी वर्षाका कारण नदी तथा खोलामा बाढीको प्रकोप बढिरहेको छ । जल तथा मौसम विभाग अन्र्तगत बाढी पूर्वानुमान शाखाका अनुसार आज कोशी, महाकाली र यसका सहायक नदीमा पानीको बहाव सामान्यत रहने र सर्तकता तलै हुने पूर्वानुमान गरेको छ ।
यस्तै नारायणी, कर्णाली र यसका सहायक नदीमा भने पानीको बहाव केही बढ्ने र सर्तकता तह आसपास पुग्न सक्ने अनुमान गरिएको छ । कन्काई, कमला, बागमती र यसका सहायक नदीमा बहाव सामान्य रहने तथा सर्तकता तह भन्दा तलै हुने पूर्वानुमान गरिएको छ ।
यस्तै राप्ती, तिनाउ, बबईका स साना नदीजलधारमा पानीको बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास सम्म पुग्न सक्ने पूर्वानुमान छ ।
कालीगण्डकी, भेरी र यसका सहायक नदी लगायत गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक रुपमा बाढी आउने र सर्तकता आसपास पुग्ने भएकोले जोखिमबाट जोगिन आग्रह गरिएको छ ।