उपेन्द्रले दिए निर्वाचन आयोगलाई चेतावनीः पूर्वाग्रहपूर्ण निर्णयविरुद्ध कानुनी लडाईं

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई गरेको कारबाहीलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण भएको बताएका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै उनले राजनीतिक दलको बहुमको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको भन्दै विरोध जनाएका छन् ।

उनले आयोग आफ्नो संवैधानिक र कानुनी दायित्वबाट पन्छिएको भन्दै यसले पार्टीमा अनुशासनहीनता बढ्ने बताएका छन् ।

यादवले आयोगको निर्णयका विरुद्ध राजनीतिक र कानुनी लडाईं लड्ने पनि बताएका छन् ।

सम्बन्धित
Loading...