एक हप्ता निषेधाज्ञा थपियो, यी क्षेत्र भयो खुकुलो

उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको एक अधिकारीले  बताए । यद्यपि, थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएका छन् ।

यी क्षेत्र खुल्नेछन्

खाद्यान्न ११ बजेसम्म
अनलाइन डेलिभरी दिने
पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने
हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने
कृषि कार्य सञ्चालन गर्न दिने
भिसा लिनका लागि सहजिकरण गर्ने

सम्बन्धित
Loading...