मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।
मौजुदा मन्त्रिपरिषद्मा ओलीले आज ७ जनालाई थप गरेका थिए । आफुसँग रहेका मन्त्रालय मध्ये प्रधानमन्त्री ओलीले गृहमा खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नैनकला थापालाई नियुक्त गरेका थिए ।
सात मन्त्रीको शपथसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
पूर्णता पाएपछि यस्तो बन्यो मन्त्रिपरिषद्
केपी शर्मा ओली प्रधानमन्त्री, रक्षा
विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री अर्थ
रघुबीर महासेठ उपप्रधानमन्त्री परराष्ट्र
राजेन्द्र महतो उपप्रधानमन्त्री शहरी विकास
खगराज अधिकारी मन्त्री गृह
शरतसिंह भण्डारी मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाई
कृष्णगोपाल श्रेष्ठ मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
अनिलकुमार झा मन्त्री खानेपानी
शेरबहादुर तामाङ मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
राजकिशोर यादव मन्त्री उद्योग, बाणिज्य तथा आपूर्ति
लक्ष्मणलाल कर्ण मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
बसन्तकुमार नेम्वाङ मन्त्री भौतिक पूर्वाधार तथा यातायात
लिलानाथ श्रेष्ठ मन्त्री कानून, न्याय तथा संसदीय मामिला
नैनकला थापा मन्त्री सञ्चार तथा सूचना प्रविधि
ज्वालाकुमारी साह मन्त्री कृषि तथा पशुपन्छी विकास
बिमलप्रसाद श्रीवास्तव मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
उमाशंकर अरगरिया मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
चन्दा चौधरी मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ मन्त्री युवा तथा खेलकुद
नारद मुनि राना मन्त्री वन तथा वातावरण
गणेशकुमार पहाडी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
मोहन बानिया मन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
चन्द्रकान्त चौधरी राज्यमन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाई
रेणुका गुरूङ राज्यमन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
आशाकुमारी वि।क। राज्यमन्त्री वन तथा वातावरण