हुण्डी कारोबार गरेको आरोपमा तीन लाखसहित एकजना पक्राउ

प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा तीन लाखसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ६ का ३९ वर्षीय अमित कुमार गुप्ता रहेका छन् । उनीमाथि अवैध वित्तीय कारोवार  गरेको आरोप छ ।

प्रहरीले उनको साथबाट ना।२८ प ५७५८ नम्बरको ग्ल्यामर मोटरसाईकल र लुकाएर राखेको नगद तीन लाख रूपैयाँ बरामद गरेको छ ।

साथै उनीमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...