शैन्य आधार तालिम गरिरहेका अर्घाखाँचीका एक नेपाली सेनाका जवानको मृत्यु भएको छ।
अर्घाखाँचीको शितगंगा–३ निवासी १९ वर्षीय अर्जुन सारूको मृत्यु भएको हो ।
नेपाली सेनाको श्री न. २ तालिम गण सैनामैनामा शैन्य आधार तालिम गरिरहेका सारु अचानक अचेत भएका थिए ।
उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा मृत्यु भएको हो ।