प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट सरकारमा सहभागी भएका पुराना अधिकांश मन्त्रीलाई बिदा गरेका छन् ।
शुक्रवार गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा एमालेबाट पुराना ४ मन्त्रीले मात्र निरन्तरता पाएका छन् ।
अर्थमन्त्री विष्णु पौडेललाई निरन्तरता दिँदै उपप्रधानमन्त्री बनाइएको छ ।
उनका अलावा कृष्ण गोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र वसन्त नेम्वाङले पनि निरन्तरता पाएका छन् ।
नयाँ थपिएका रघुवीर महाशेठ उपप्रधान तथा परराष्ट्र मन्त्री बनेका छन् ।
एमालेकै शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रीका रूपमा जिम्मेवारी दिइएको छ ।
मन्त्री छँदा बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरूका सन्दर्भमा दिएको अभिव्यक्तिलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका थिए ।
यसअघि उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेलसहित एमालेका सबै मन्त्रीलाई बिदा गरिएको छ ।
जसपाबाट थपिने र एमालेबाट थपिने मन्त्रीहरूको शपथ आजै साँझ एक साथ हुने बालुवाटार स्रोतले जानकारी दियो ।
जसपाबाट सरकारमा नेतृत्व गर्न लागेका राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री बन्नेछन् ।