सरकारले सात प्रमुख भन्सार कार्यालयमा अत्याधुनिक कन्टेनर स्क्यानिङ र मालवस्तु तौलिने उपकरण जडान गर्ने भएको छ । आर्थिक २०७८-७९ को वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले मेची, विराटनगर, तातोपानी, वीरगन्ज, भैरहवा, नेपालगञ्ज र तातोपानी भन्सारमा स्क्यानर मेसिन जडान गरिने बताए ।
यस्तै आगामी आर्थिक वर्षमा थप तीनवटा भन्सार कार्यालय स्थापना गर्ने पनि उनले जानकारी दिए । गौतमबुद्ध र पोखरा विमानस्थल तथा जनकपुर रेलवे स्टेसनमा नयाँ भन्सार कार्यालय स्थापना गरिने भएको छ ।
भन्सार परीक्षण थप विश्वसिलो बनाउन प्राथमिकताका आधारमा भन्सार कार्यालयमा एकीकृत प्रयोगशाला बनाउने पनि बजेटमा उल्लेख छ ।