बाबुुरामको खुुलासा प्रधानमन्त्रीले मध्यराति प्रधानन्यायाधीशलाई भेटे, आखिर किन ?

जनता समाजवादीका नेता डा.बाबुराम भट्टराईले प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवास बोलाउने र विदेशी दूतले पटक–पटक भेट्ने कुरा लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् । खिलराज रेग्मीलाई जस्तै अहिलेको प्रधानन्यायाधीशलाई पनि चुनावी सरकारको प्रधानमन्त्री बनाउने तयारीको उनले यसलाई अथ्र्याएका छन् ।

‘खिलराज रेग्मी प्रकरण अन्तरिम संविधान कालको अपवाद हो’ भट्टराईले भनेका छन् त्यो नियमरनजिर बन्न सक्दैन।’ राज्यका प्रमुख अंग धुजा(धुजा पारेर संविधान र लोकतन्त्र मास्ने खेल पूरा गर्न दिन नहुने उनको भनाइ छ।

सम्बन्धित
Loading...