एमालेबाट निष्काशित गरिएपछि झलनाथले भने,केपी ओली गद्दार हुन्

नेकपा एमालेबाट निष्कासित नेता झलनाथ खनालले आफूहरुलाई गरिएको कारवाहीको कुनै अर्थ नरहेको बताएका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनका ‘गद्धार’ रहेको भन्दै खनालले कारवाहीले केही फरक नपर्ने बताए ।

‘कम्युनिष्ट आन्दोलनका गद्दारले हामीमाथि गर्ने कथित कारवाहीको अर्थ छैन’, खनालले भने । उनले नयाँ पार्टी गठन लगायतका विषयमा पर्याप्त छलफल गरेर अगाडि बढ्ने बताए ।

सम्बन्धित
Loading...