प्रधानमन्त्री ओलीले वालुवाटारबाट कांग्रेसलाई दिए यस्तो चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको नेतृत्वमा मात्र चुनाव गर्नुपर्छ भन्ने ढिपी छाड्न नेपाली कांग्रेसलाई सुझाव दिएका छन् । ओलीको नेतृत्वमा चुनावमा जाँदैनौ भन्ने कांग्रेस नेताहरूको भनाइ सुन्दा आफूलाई आश्चर्य लागेको उनले बताए ।

नेकपा एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टी प्रचण्डपथ अंगीकार गरेर कुदेजस्तो देखिएको बताएका हुन् ।

‘आफूलाई प्रजातान्त्रिक शक्ति भन्ने कांग्रेसका सचेतक ९पुष्पा भुसाल०ले बोलेको हिजो सञ्चार माध्यममा हेरें । केपी ओलीले गराएको चुनावमा भाग लिँदैन भन्नुभयो, उहाँले । फलानाले गरेको चुनाव भाग नलिने ? कसले गरेको चुनावमा भाग लिनुपर्ने ? भाग लिन नेपाली काँग्रेसले टिको लगएको सरकार चाहिने हो ?’ ओलीले प्रश्न गरे, ‘अहिलेको प्रधानमन्त्री सबैभन्दा बढी पपुलर भोट भएको पार्टी, दुईवटा पार्टी मिलाउँदा पनि एक्लै ठूलो पार्टीको नेतृत्वमा चुनावमा नजाने ? कुन डेमोक्रेसीको परिभाषा, कुल लोकतान्त्रिक अभ्यास र आचरणमा पर्छ ? मलाई नेपाली कांग्रेसको बोली सुनेर आश्चर्य लागेको छ । आफ्नै नेतृत्वमा चुनाव हुन्छ भनेको के हो ?’

ओलीले एमालेका केही तत्वलाई उकासेर, केही सही गराएर र केही किर्ते सही गराएर राष्ट्रपतिकोमा हस्ताक्षर बुझाइएको आरोप लगाए ।

सम्बन्धित
Loading...