कांग्रेस राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउँदै

राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउन कांग्रेस तयार
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउन प्रमुख विपक्षी नेपाली कांग्रेसले छलफल थालेको छ ।

आज बसेको पदाधिकारी बैठकमा महाअभियोगबारे छलफल भएको र कांग्रेस त्यसका लागि तयार रहेको बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको भावना र मर्मविपरित काम गरेको भन्दै आज साँझ ५ बजेअघिनै सबै विकल्प प्रयोग गरेर यो प्रवृतिलाई परास्त गर्ने निर्णय लिएको छ ।

सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा आज विहान बसेको पदाधिकारी बैठकमा ५ बजे अघि नै केही न केही उपाय निकाल्ने र त्यसका लायि अन्य दलहरुसँग छलफल गर्ने निर्णय भएको सहमहामन्त्री डा.प्रकाशशरण महतले बताए ।

सम्बन्धित
Loading...