जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरुको बैठक बोलाएका छन् । बैठक बिहान १० बजे सिंहदरबारस्थित कार्यालयमा बोलाइएको हो ।
ठाकुर र महतो पक्षबाहेकका सांसदहरुलाई भने बैठकको खबर गरिएको छैन । उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका एक नेताले आफूहरुलाई बैठकबारे जानकारी नभएको बताए ।
जसपाको नेता बिमल श्रीवास्तवले अध्यक्ष ठाकुरले बोलाएको बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने बताए ।