लमजुङ केन्द्र भएर ५।८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।
भूकम्पबाट मानवीय क्षति नभएको र केही कच्ची घरहरु चर्किएको जानकारीमा आएको प्रहरीले जनाएको छ ।
मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङका अनुसार भूकम्प आएलगत्तै स्थानीय डरले भागाभाग गरेका थिए । फेरि पनि धक्का आउने आशंकामा कतिपय घर बाहिरै बसेको देखिन्छन् ।
भूकम्पले माटोले बनेका पुराना घरहरु भत्किएको, चर्किएको भन्ने सूचना आए पनि त्यसबाट मानवीय क्षति भएको खबर भने नआएको गुरुङले जानकारी दिए ।