कोरोना संक्रमणबाट उपमेयरको निधन

कोरोना भाइरसको संक्रमणबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी उप(प्रमुख आशा चौधरीको निधन भएको छ ।

विराटनगरको  विराट मेडिकल अस्पतालमा उपचारकै क्रममा आज विहान उनको निधन भएको हो ।

रुघाखोकी र ज्वरो लागेपछि पीसीआर परीक्षण गराउदा उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसलगत्तै उनी अस्पताल भर्ना भइन् । स्वास्थ्य अवस्था बिग्रिएपछि तीन दिनदेखि उनको आईसीयूमा उपचार भइरहेको थियो ।

सप्तकोशी नगरपालिका ८ घर भएकी उनी तत्कालिन नेकपा एमालेको तर्फबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।

सम्बन्धित
Loading...