काठमाडौं: कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ भने ८१६७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८७ जनाको मृत्यु भएको हो । यससँगै कुल मृतकको संख्या ४८५६ पुगेको छ ।
१८ हजार ५४८ जनाको परीक्षण गर्दा ८१६७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कुल सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको छ ।
हालसम्म ३ लाख ३३ हजार १०८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५४५५ जना संक्रमणमुक्त भएका छन् ।