नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको छ। आज अपरान्ह ४ बजे बसेको बैठक अहिले पनि जारी छ । नयाँ सरकार बनाउन दाबी गर्ने कि नगर्ने भन्नेबारे पदाधिकारी बैठकमा छलफल भइरहेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ।
पदाधिकारी बैठकअघि देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतोसँग कुराकानी गरेका थिए।