प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सांसदमाथि यस्तो हुँदैछ कारवाही

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको संसद बैठकमा उपस्थित नहुने सांसदहरूलाई कानुनअनुसार कारबाही हुने बताएका छन्।

माधवकुमार नेपाल पक्षका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि नेम्वाङले बैठकमा उपस्थित नभएर ह्वीपको उल्लंघन गर्नेलाई कारवाही हुने बताएका हुन् ।

नेम्वाङले अनुमानका भरमा अहिले कोही अनुपस्थित होला भन्न नसकिने बताउँदै ह्वीप नमानेर अनुपस्थित हुने सांसदहरूलाई कानुनअनुसार कारबाही हुने बताए।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले केहीबेर अघि सामाजिक सञ्जालमार्फत् असन्तुष्ट पक्षलाई सँगै बसेर छलफल गर्न आग्रह गरेका थिए।

सम्बन्धित
Loading...