कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत पाँच जना संक्रमितको मृत्यु

कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका पाँच जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिइन् ।

भीमदत्त नगरपालिका–६का ३५ वर्षीया, वडा नम्बर ६ कै ४८ वर्षीय पुरुष र वडा नम्बर १८ की ५७ वर्षीया महिलाको मृत्यु भएको भट्टले बताइन् ।
यस्तै शुक्लाफाँटा नगरपालिका– ८ का ४८ वर्षीय पुरुष र वडा नम्बर १० का ७५ वर्षीय पुरुषको पनि आइतबार मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति भट्टले बताइन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरमा थप दुई सय ५७ जनामा कोरोना पुष्टि भएको छ भने एक सय ५७ जनाले कोरोना जितेका छन् ।

सम्बन्धित
Loading...