नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसद हिराचन्द्र केसीले आफूले पदबाट राजीनामा दिन अस्वीकार गरेका छन् ।
दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसीले जनताले ५ वर्षका लागि सांसद बनाएकाले बीचमै राजीनामा दिएर भाग्नु जनतामाथिको गद्दारी हुने उल्लेख गरेका छन् ।
जनताले आफूहरुलाई ५ वर्षका लागि चुनेर पठाएकाले कसैको स्वार्थसिद्धिका लागि जनमतको अपमान नगर्ने उनले बताएका छन् ।
पार्टी भित्र अध्यक्ष केपी ओलीले गरेका केही गलतको विरोध गरे पनि आफू पार्टी हित विपरित नलाग्ने उनले बताए ।