देउवाको कोटाबाट पूर्वसचिव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

संवैधानिक आयोगको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा सहभागि नभएपनि उनको कोटाबाट लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् ।

संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो ।

पूर्वसचिव रेग्मी कांग्रेस सभापति तथा विपक्षी दलका नेता देउवाको कोटाबाट नियुक्ति सिफारिसमा परेका हुन् ।

परिषद्ले‍ सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

सम्बन्धित
Loading...