देउवाले भने, गठबन्धन सरकार बन्छ, अहिले चुनाव हुदैन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् ।

शनिबार बसेको काँग्रेस संसदीय दलको बैठकमा देउवाले भनेका छन्, ‘ओलीको विकल्प खोज्ने हो । पार्टीको निर्णय पनि त्यही हो । विश्वासको मत फेल गराउने, अविश्वास प्रस्ताव पास गराउने हो ।’

आफ्ना सांसदहरुलाई पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्दै देउवाले कानूनविद् र अन्य दलसँग छलफल गरे आफूले आवश्यक कदम चाल्ने बताए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए निर्वाचन घोषणा गर्ने संकेत गरेको भन्दै सभापति देउवाले ओलीलाई निर्वाचन गराउने अधिकार नभएको बताए ।

सम्बन्धित
Loading...