धनगढीः कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको कैलालीमा एकै दिन झण्डै पाँच सय जना संक्रमित थपिएका छन् ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार एक हजार ३२ जनाको परीक्षण गर्दा चार सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।
उनीहरु मध्ये कैलालीका कमात्र चार सय ८९ जना रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । ७ जना अन्य जिल्लाका छन् ।
शनिबार प्रदेशको अस्थायी राजधानी धनगढीमा मात्र ३ सय ३ जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये एक सय ८५ पुरुष र एक सय १८ महिला रहेका छन् ।