काठमाडौँः नेपाली कांग्रेसले शनिबार संसदीय दलको बैठक बोलाएको छ ।
वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभा बैठकबारे आवश्यक रणनीति बनाउन काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सो दिन बस्ने बैठकमा विश्वासको मत लिने भनेपछि काँग्रेस गृहकार्यमा जुटेको हो ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने प्रष्ट पारिसकेको कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी पनि गरेको छ।
संसदीय दलको बैठक वानेश्वरमा रहेको ल्होत्से हलमा भोली दिउँसो २ बजे बस्नेछ ।