डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिकाका मेयरले चढ्ने गाडी एम्बुलेन्स बनाइने भएको छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको बेलामा बिरामीहरुलाई ओसार पसार गर्न मेयरले चढ्दै आएको गाडीलाई एम्बुुलेन्स बनाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
जनप्रतिनिधि जनताप्रति उत्तरदायी नभएको आरोप लागिरहेकै बेला अमरगढी नगरपालिकाले् भने यस्तो निर्णय गरेको हो ।