कैलालीमा अक्सिजनको कालोबजारीबारे अपवाह फैलाउने युवक पक्राउ

धनगढीः कैलालीमा अक्सिजनको कालोबजारी भइरहेको भन्दै अपवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढीबाट छ सय ५० सिलिन्डर अक्सिजन कालोबजारी गरेर पहाडतिर ट्रकमा लैजादै गरेको भन्दै झुठो अपवाह फैलाएको भन्दै एक जनालाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ का तेजबहादुर खड्का रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत चौधरीले खड्काले सामाजिक सञ्जाल फेसबुकमा कालोबजारी भएको भन्दै गलत कुरा सार्वजनिक गरेको पाइएकाले पक्राउ गरिएको जानकारी दिए ।

उनले उनीमाथि सोधपुछ गर्ने काम भइरहेको बताए ।

सम्बन्धित
Loading...