नेपालमा एकै दिन ८६५९ जना संक्रमित थपिए, ५८ जनाको मृत्यु By राम्राे न्युज On २०७८ बैशाख २२ गते, बुधबार काठमाडौँः नेपालमा पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा एकै दिन सर्वाधिक संक्रमण फेला परेको छ। २४ घण्टामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ।