बैतडीमा कोरोना संक्रमणबाट शिक्षकको मृत्यु

पाटनःबैतडीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

जिल्ला अस्पतालमा उपचाररत पाटन नगरपालिका–१ क ४४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

एक हप्ता अघि कोरोना संक्रमण देखिएका उनी होम आइसोलेसनमै बसिरहेका थिए ।

समस्या देखिएपछि मंगलबार मात्र अस्पताल भर्ना भएका उनको राति मृत्यु भएको हो । उनी पेशाले शिक्षक रहेको बुझिएको छ ।

सम्बन्धित
Loading...