धनगढीमा उपचाररत थप दुई जना संक्रमितको मृत्यु

धनगढीः धनगढीमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पताल र धनगढीकै एक निजी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेती अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका – ८ बस्ने ५८ वर्षीय पुरुष र गौरीगंगा नगरपालिका–१ बस्ने ३५ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनीहरुको उपचारकै क्रममा मृत्यु भएको जोशीले बताए ।

सम्बन्धित
Loading...