कोरोना संक्रमणबाट सुदूरपश्चिमका थप ६ जनाको मृत्यु

धनगढीः कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत पाँच जना र कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिका ७ की ७७ वर्षीया महिला, धनगढी १३ का २२ वर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका १२ का ७१ वर्षीय पुरुष, बझाङका २६ वर्षीय पुरुष र बर्दियाको उतानपुर गाउँपालिका २ का ३० वर्षीय पुरुषको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका १८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

अस्पतालका कोभिड १९ सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले कोरोना संक्रमण देखिएपछि चार दिनदेखि आईसीयूमा राखेर उपचार गराइरहेकी ती महिलाको सोमबार साँझ मृत्यु भएको जानकारी दिए ।

सम्बन्धित
Loading...