लोकमानलाई योग्य ठान्नु गल्ती भयो : नेता नेपाल

 

फाइल फोटो

एमाले नेता माधव कुमार नेपालले लोकमानलाई योग्य सम्झेर अख्तियारको प्रमुख आयुक्त नियुक्ति गर्नु गल्ती भएको बताउनुभएको छ । इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा  नेता नेपालले अब सबै पार्टिका नेताले यसप्रति आत्मालोचना गरी माफी  माग्नपर्ने बताउनुभयो । अयोग्यलाई सिफारिस हुनेलाई पनि कारवाही हुन्छ होलानि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता नेपालले भन्नुभयो–आत्मालोचना भन्दा ठुलो माफी अरु के हुन सक्छ । गल्ती भयो भन्नु नै एकप्रकारको सजाय हो ।  फरक प्रसंगमा उहाँले सभामुखले संसोधन विधेयक छलफलका लागि टेबुल गर्नु गम्भीर त्रुटि भएको टिप्पणी गर्दै यसले संसदिय गरिमामा आँच पुगेको जिकिर गर्नुभयो । निर्वाचनको मिति घोषणा भएपछि मधेसकेन्द्रित दलपनि सहभागी हुने उहाँको भनाइ थियो । संविधान संसोधनमा प्रधानमन्त्रीले देखाएको हतारो कतैबाट निर्देशित भएको आरोप लगाउँदै नेता नेपालले संविधान कार्यान्वयनका लागि भने सबै पक्ष एक हुनु पर्ने उल्लेख गर्नुभयो ।

कार्कीमाथि मोसो दल्नेलाई एक महिना कैद

लोकमानसिंह कार्कीमाथि अख्तियार परिसरमा नै मोसो दल्ने विप्लप माओबादी  का दुई  कार्यकर्तालाई अदालतको अवहेलना गरेको अभियोगमा १ / १  महिना कैद सजाय हुने भएको छ ।

न्यायाधीशहरु आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलाशले प्रकाश शाही प्रबल र चन्द्रबहादुर बुढालाई एक/एक महिना कैद हुने आदेश दिएको हो । सर्वोच्च अदालतले पुस ७ गतेदेखि थुनामा रहेका उनीहरुलाई त्यही दिनदेखि कैद कट्टा हुनेगरी जिल्ला कारागार काठमाडौंमा पठाउन आदेश दिएको छ ।

अदालतमा बयान गर्ने क्रममा दुवैजनाले लोकमानमाथि कालोमोसो दलेको स्विकारेका थिए । तर उनीहरुले अदालतको अवहेलना गर्ने आफ्नो उद्देश्य नभएको दाबी गरेका थिए । सर्वोच्च अदालतले भने बयानका क्रममा अस्विकार गर्दैमा अवहेलना गर्ने क्रियाकलापबाट उन्मुक्ति हुन नसक्ने औंल्याएको हो ।

 

 

सर्वोच्चको फैसला:लोकमान बर्खास्त

संसदमा महाभियोग प्रस्तावको सामना गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतले बर्खास्त गरेको छ।  योग्यतासम्बन्धी परेको मुद्दा पुनरावलोकनमा फैसला दिँदै उत्प्रेषणको आदेशद्वारा लोकमानलाई बर्खास्त गरिएको हो। यसका लागि सर्वोच्च अदालतले दिएका तर्कहरु यस्ता छन्-

सर्वोच्च अदालत नेपाल
  • लोकमानसिंह कार्की तत्कालीन श्री ५ को हुकुम प्रमाङ्गी बमोजिम मिति २०४१ साउन ९ मा राजप्रासाद सेवा अन्तर्गत राजसभाको उपसचिव पदमा नियुक्त भई र २०४७ असोज १८ गतेसम्म सोही सेवामा रहेका थिए। राजसभामा कार्य गरेको अवधिलाई नेपालको अन्तरिम संविधानको धारा ११९ (५) ग मा उल्लेख भए अनुसारको लेखा, राजस्व, इन्जिनियरिङ, कानुन, विकास वा अनुसन्धानको क्षेत्रमा २० वर्ष हुनुपर्ने बाध्यात्मक अवधिमा गन्न नमिल्ने फैसलामा उल्लेख छ।
  • सर्वोच्चले उठाएको दोस्रो प्रश्न लोकमानको चरित्रमाथि हो। ‘रायमाझी आयोगको प्रतिवेदन तथा नेपाल सरकारबाट लोकमानसिंह कार्कीलाई पदबाट बर्खास्त गर्न स्पष्टिकरण सोध्ने लगायतको कारबाही प्रक्रिया अगाडि बढाएको सन्दर्भमा निजलाई उच्च नैतिक चरित्र भएको तथा ख्यातिप्राप्त गरेको भनी मान्न मिल्ने समेत देखिन आएन,’ फैसलामा उल्लेख छ।
  • यसअघि योग्यता सम्बन्धी परेको मुद्दा खारेज हुने फैसला सर्वोच्च अदालतले गरेको थियो। आजको फैसलाले संयुक्त इजलासले २०७१ असोज ८ मा भएको निर्णय उल्टी गरेको छ।
  • फैसलाले उत्प्रेषणको आदेशद्वारा केही निर्णय बदर हुने बताएको छ। ती हुन्-
  • अब संविधान बमोजिम योग्यता पुगेका व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा सिफारिस र नियुक्ति गर्न संवैधानिक परिषद् र सम्माननीय राष्ट्रपतिको कार्यालयको नाममा परमादेशको आदेशसमेत जारी हुने ठहर्छ- फैसलामा उल्लेख छ।

झापा गोल्डकप अब विधिवत दर्ता गरिने

मोफसलको सर्वा्धिक पुरस्कार राशिको झापा गोल्डकप अब विधिवत् रुपमा दर्ता हुने भएको छ । झापालाई ‘फुटबल हब’ बनाउने दीगो लक्ष्यका साथ झापा गोल्डकपलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर व्यवस्थित ढंगले काम गर्न लागिएको गोल्डकपका अध्यक्ष महेन्द्रकुमार

झापा गोल्डकप

गिरीले बताउनुभयो । अध्यक्ष गिरीका अनुसार आज बिर्तामोडमा सम्पन्न झापा गोल्डकप अन्तर्रा्ष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता २०७३ को बैठकले गोल्डकपलाई प्रशासनमा दर्ता गरी अघि बढ्ने निर्णय गरेको हो ।

आर्थिक पारदर्शिता, जवाफदेहिता र व्यवस्थित ढंगले गोल्डकपलाई अगाडि बढाउन झापा गोल्डकप दुई साताभित्र दर्ता गरिसक्ने गरी तयारी भएको महासचिव केशव दाहालले बताउनुभयो । आजको बैठकले २१ सदस्यीय सचिवालय समिति समेत गठन गरेको छ । यसअघि नै एक सय ११ सदस्य मूल समिति र ५१ सदस्य सल्लाहकार समिति बनाइसकिएको छ । झापा गोल्डकप– २०७३ को दोस्रो संस्करण माघ १५ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ ।

बेइजिङमा विषाक्त धुवाँसहितको कुहिरो, नियन्त्रणका लागि वातावरण प्रहरी

चीनको बेइजिङमा फैलिएको विषाक्त धुवाँसहितको कुहिरो कम गर्न वातावरण प्रहरीको टोलीले काम थाल्ने भएको छ । वातावरणमा विषाक्त धुवाँसहितको कुहिरोको मात्रा बढी भइ मानिसमा नकारात्मक असर पर्न थालेपछि त्यसलाई नियन्त्रण गर्न वातावरण प्रहरीको टोली निर्माण गरिएको बेइजिङका मेयर साइ कीले बताएका छन । टोलीले खुला हावामा गरिने बार्बिक्युब, धुलाम्मे सडक

बेइजिङमा विषाक्त धुवाँसहितको कुहिरो

लगायत वायु प्रदुषणका स्थानीय श्रोतको पहिचान गर्ने कीले बताउएका छन ।बेइजिङका नागरिकले पनि वायु प्रदुषण नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारसँग आग्रह गर्दै आएका छन् । उनीहरुले देशको मुख्य उर्जा श्रोत रहँदै आएको कोइलाबाट चल्ने उद्योगमा निर्भरता कम गर्न समेत माग गरेका छन् । वायु प्रदुषण कम गर्न सरकारले बेइजिङबाट तीन लाख पुराना गाडीहरु विस्थापन गर्ने तयारी गरेको छ भने धेरै उद्योगहरु बन्द गर्ने तयारी गरेको छ ।उता अमेरिकाको विभिन्न क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण दर्जनौं सवारी साधन एकसाथ दुर्घटना भएका छन् भने सयौं उडान रद्द गरिएका छन् । समाचार एजेन्सीहरुका अनुसार अल–बामा देखि न्यूयोर्क सिटीसम्म हिमपातले प्रभावित भएका छन् ।

हिउँले अवरुद्ध सडक खुल्यो

बाक्लो हिमपातका कारण अवरुद्ध भएका सुदुरपश्चिमका विभिन्न ठाउँका सडक खुलेका छन् । डोजरले सडकमा जम्मा भएको हिउँ पन्छाएपछि सडक खुलेको हो । गएराती परेको हिमपातले अवरुद्ध बनेका दशरथचन्द राजमार्ग, जयपृथ्वी राजमार्ग, भिमदत्त राजमार्ग तथा के आइ सिंह

हिउँले अवरुद्ध सडक खुल्यो

राजमार्ग आज दिउँसोबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्बो शर्माले जानकारी दिनुभयो ।यस्तै, हिमपातका कारण अवरुद्ध भएको अत्तरिया–स्याउले जोड्ने भिमदत्त राजमार्ग खोल्न गएको नेपाली सेनाको गाडी डडेल्धुराको साहुँ खर्कमा दुर्घटनामा परेको छ । डडेल्धुरामा तैनाथ रहेको नेपाली सेनाको गरुड दल गणबाट हगुल्टेमा परेको हिमपातले बन्द भएको बाटो खोल्न सेनानी कृष्ण अधिकारीको कमाण्डमा गएको टोली बाटो खोलेर फर्कदै गर्दा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर सेनानी अधिकारीसहित ३६ जना सैनिकहरु घाइते भएका छन । घाइतेहरुको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालतमा उपचार भइरहेको सेनाले जनाएको छ ।

तरुण दलले ग¥यो बाँके बन्द

नेपाल तरुण दल बाँकेको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीलाई खुकुरी प्रहार गरेको घटनाको आरोपमा

बाँके बन्द

अनुसन्धानका लागि प्रहरीले आफ्ना नेता पक्राउ गरेको बिरोधमा बन्द आव्हान गरिएको तरुण दल बाँकेले जनाएको छ ।तरुण दल बाँके क्षेत्र नम्बर एकका सभापति दिगबजय राणालाई पक्राउ गरेको बिरोधमा तरुण दलले बन्द आव्हान गरेको जनाएको छ । राणा निर्दोष रहेको र प्रहरीले अनाहकमा फसाएको तरुण दलको दाबी छ । सन्तोषलाइ खुकुरी हान्ने लक्ष्मण मल्ल सहित १२ जना पक्राउ गरिसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पुस १४गते कोहलपुरमा खुकुरी प्रहार भएका सन्तोषको हाल भारतको लखनउमा उपचार भइरहेको छ ।

नक्सालको सडक भासियो

काठमाण्डौको नक्सालस्थित भगवती बहाल र प्रहरी प्रधान कार्यालय जाने बाटो भासिएको छ । सडक नजिकै हिल्टन वर्ल्डवाइड र जगदम्बा हस्पिटालिटी समूहको लगानीमा बन्न लागेको हिल्टन होटलको जग खन्ने क्रममा सडक भासिएको हो । दुईतर्फी सवारी सञ्चालन हुने सडक आधा भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ। सवारी आवागमन अवरुद्ध हुँदा सर्बसाधारण मारमा परेका छन । एघार तलाको सो होटल निर्माणका लागि जमिनमुनि अत्याधिक खन्दा

नक्सालको सडक भासियो

नजिकैका घरहरु समेत धरापमा परेको भन्दै स्थानिय आक्रोसित भएका छन ।प्रहरीका अनुसार सडक खण्डको २५ देखि ३० मिटर गहिराईसम्मको भाग भासिएको छ । स्थानीयले काठमाडौं महानगरपालिकाको लापरवाहीले सडक विग्रेको भन्दै दोषिलाई कारवाही गर्न पनि माग गरेका छन । भर्जिनिया मुख्यालय रहेको हिल्टन वर्ल्डवाइडसँग अमेरिका, युरोप, मध्यपूर्व सहित एक सय देशमा होटल एवं रिसोर्ट रहेका छन । विश्वभरि ४ हजार ८२० कम्पनीको स्वामित्व रहेको हिल्टन वल्डवाइडले नेपाली साझेदारसँग मिलेर काठमाडौंमा पाँचतारे होटल निर्माण गर्न लाग्दा सडक भासिएको हो ।

सिईओ ज्ञवालीद्वारा सरकार समक्ष दोस्रो पटक स्पष्टिकरण पेश

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील ज्ञवालीले सरकारलाई आज दोस्रो पटक स्पष्टिकरण बुझाउनुभएको छ । बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर ज्ञवालीले सरकारका तर्फबाट दोस्रो पटक सोधिएको २४ घण्टे स्पष्टिकरणको जवाफ बुझाउनुभएको हो । गत विहीबारको मन्त्रीपरिषद् बैठकले काम सन्तोषजनक नभएको भन्दै ज्ञवालीलाई पदबाट हटाउने प्रक्रिया थालेको थियो ।मन्त्रीपरिषदले त्यसवारे अन्तिम निर्णय लिन प्रधानमन्त्री पुष्पकमल दाहाललाइ जिम्मेवारी दिएपछि तपाइलाइ पदबाट किन नहटाउने भन्ने आसयमा पुन स्पष्टिकरण सोधिएको थियो । ज्ञवालीले आज बुझाउनुभएको स्पष्टिकरणमा भूकम्प पीडितको पर्नस्थापना, राहत र विभिन्न निकायसंग गरिएको समन्वयको कार्य्विवरण समावेश गर्नुभएको छ ।साथै आफूलाई हटाउनुपर्ने तथ्यगत कारण नभएको समेत उहाँले उल्लेख गर्नुभएको छ । स्पष्टिकरण बुझाएपछि सञ्चारकर्मीसंग ज्ञवालीले आफ्नो जवाफबाट सरकार सन्तुष्ट हुने तथा पुननिर्माणका लागि सहज वातावरण सृजना हुने विश्वास व्यक्त गर्नुभयो ।

मेट्रो रेल सञ्चालनको कार्य अघि बढाउन उच्चस्तरीय समिति गठन

सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको कार्य अघि बढाउन त्यससम्बन्धी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज बसेको २५ औं लगानी बोर्डको बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि त्यससम्बन्धी ढाँचा तयार गर्न राष्ट्रिय योजना आयोगका भौतिक पूर्वाधार महाशाखा प्रमुख सञ्जयकुमार खनालको संयोजकत्वमा समिति गठन गरेको हो ।समिती गठन भएसंगैै काठमाडौं उपत्यकामा मेट्रो रेलको सम्भाव्यता अध्ययनका लागि प्रक्रिया अघि बढ्ने भएको छ । गठित समितीलाई काठमाडौंमा सहज यात्राका लागि मेट्रो रेल कहाँ, कसरी गुडाउन सकिन्छ भन्नेबारे अध्ययन गर्न र सञ्चालन लागतमा कति छुट दिएर कसरी अघि बढाउन सकिन्छ भन्ने कार्यादेश दिएको प्रमुख कार्यकारी अघिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।तीन महिनाको समायावधि दिइएको उक्त समितिमा अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्ड र रेल विभागका प्रतिनिधि रहेका छन्। त्यस्तै बैठकले कुनै पनि परियोजनाबाट लगानी बोर्डले लिने शुल्कसम्बन्धी प्रावधान हाललाई पछि सारेर परियोजनासम्बन्धी वार्ता अघि बढाउने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले आर्थिक समृद्धिका लागि प्राथमिकता तोकेर मुलुलका ठूला आयोजनाहरुमा लगानी जुटाउन निर्देशन दिनुभयो ।लगानीको वातावरणका लागि नीतिगत र कानूनी अड्चन फुकाउन सरकारले आवश्यक निर्णय गर्ने भन्दै उहाँले विकासका कामलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताउनुभएको हो ।आफु प्रधानमन्त्री भएपछि पहिलो पटक लगानी बोर्डको बैठक बोलाएका प्रधानमन्त्री प्रचण्डले बिदेशी लगानी आउने वातावरण बनाउन बोर्डका पदाधिकारीलाई निर्देशन दिनुभएको थियो ।